गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु



काठमाडौँ । गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको ज्यान गएको छ। पहिरोमा परि अरू २ जना घाइते भएका छन् । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणाधीन घर माथिबाट पहिरो खस्दा मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी १७ वर्षका डोरबहादुर घर्ती रहेका छन् । पहिरोमा परेर रेसुङ्गा नगरपालिका वडा नम्वर–३ निवासी घरधनी ७९ वर्षका शेरबहादुर बेल्बासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी २४ वर्षका टेकबहादुर घर्ती घाइते भएका  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी नवीनकिशोर प्रधानले जानकारी दिए । घाइतेहरूगुल्मी अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्