स्वास्थ्यकर्मी कुट्नेलाई ३ वर्षभन्दा बढी सजाय हुने



काठमाडौँ । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरूलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमति भएको छ । शनिवार भएको छ बुँदे सहमतिसँगै मङ्गलवारदेखि चलिरहेको स्वास्थ्यकर्मीहरूको आन्दोलन रोकिएको छ । मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा कुटपिट भएपछि स्वास्थकर्मीहरुले सुरक्षित कार्यस्थल संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका थिए ।

सरकारले घटनामा संलग्नहरूलाई कानुन अनुसार कारबाही गर्ने बताए पनि चिकित्सकहरूले आन्दोलन जारी राखेका थिए । विद्यमान कानुनी व्यवस्थाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको मनोबल नउठ्ने भन्दै उनीहरूले कुटपिट गर्नेहरूलाई तीन वर्षभन्दा बढी सजाय हुनुपर्ने माग गरेका थिए

शनिवार गृह मन्त्रालयमा भएको वार्तामा सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्ने व्यक्तिलाई तीन वर्षभन्दा बढी सजायको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

सहमतिको पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्