काठमाडौँ मेडिकल कलेजमा डाक्टरमाथि हातपात



काठमाडौँ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पताल स्रोतले जनाएको छ ।

मिर्गौला रोगको परीक्षणका लागि बहिरङ्ग सेवा (ओपिडी)मा आएका बिरामीले कुटपिट गरेका हुन् । बिरामीले एक विशेषज्ञको नाम लिएर देखाउन आएका । तर, ती विशेषज्ञ क्लासमा नभएपछि । इन्टर्न डाक्टरले हल्ला नगर्नुहोस्, उहाँ क्लास लिन जानुभएको छ । एक छिन समय लाग्छ भनेपछि कुटपिट भएको जनाइएको छ ।

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले रूपक गौतम सरोज गौतमलाई पक्राउ गरेको छ । अहिले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी अस्पताल अगाडि सडकमा बसेर धर्ना दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्