क्वाटरफाइनलमा नेपाल र भारतबिच भिड्दै



काठमाडौँ । चीनमा जारी १९औँ एसियन गेम्स अन्तर्गत टी २० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने भएको छ। आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । यी दुई टिम मध्ये जित्ने टिम सेमिफाइनलमा जानेछ ।

नेपाल र भारतबिचको खेल मङ्गलवार बिहान पौने ७ बजे सुरु हुनेछ। नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । पाकिस्तानले क्वाटरफाइनलमा हङकङसँगै मङ्गलवार खेल्नेछ । बुधवार श्रीलङ्काले अफगानिस्तानसँग क्वाटरफाइनल खेल्नेछ । त्यस्तै बुधवार मलेसियाले क्वाटरफाइनलमा बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्