डाक्टर बन्न सीप परीक्षामा उत्तीर्ण हुनुपर्ने



काठमाडौँ । डाक्टर (चिकित्सक) बन्नका लागि अनिवार्य रूपमा प्रयोगात्मक ९सीप० परीक्षा पनि उत्तीर्ण हुनुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सकको सीप परीक्षणपछि मात्रै लाइसेन्स परीक्षाको लिखित परीक्षा दिनुपर्ने नियम लगाएको हो ।

नेपाल मेडिकल काउन्सिल ऐन र नियमावली २०२४ ले लाइसेन्स परीक्षामा लिखित परीक्षा अनिवार्य र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा, अन्तर्वार्ता र अन्य किसिमको परीक्षा लिन सक्ने व्यवस्था छ ।सोही व्यवस्थालाई टेकेर अबदेखि प्रयोगात्मक परीक्षा पनि अनिवार्य गरिएको हो । अबदेखि एमबिबिएस र बीडीएसपछि लिइने लाइसेन्स परीक्षामा सीप परीक्षणमा उत्तीर्ण नभएसम्म लाइसेन्स परीक्षामा समावेश हुन पाइने छैन ।

‘अहिलेसम्म लिखित परीक्षा मात्रै लिँदै आएकोमा अब एमबिबिएसपछि इन्टर्नसीपमा ६ महिना बिताएको विद्यार्थीले काउन्सिलले तोकेका २५ वटा सीपको अनिवार्य रूपमा विश्वविद्यालयबाट प्रमाणपत्र लिएपछि मात्रै लाइसेन्स परीक्षाको फारम भर्न पाइन्छ ।

प्रयोगात्मक अभ्यासका ६० ओटा सीप तोकिएको छ । त्यसमध्ये अहिलेका लागि विद्यार्थी २५ वटा सीपबाट प्रश्न सोधिनेछ । उक्त प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएपछि मात्रै लाइसेन्स परीक्षाका लागि योग्य हुनेछन् ।‘इन्टर्नसिप गर्दा विद्यार्थीले अस्पतालको प्रयोगशालामा सीप सिकेको आधारमा प्रमाणपत्र विश्वविद्यालयले दिन्छ । उक्त सिप परीक्षा उत्तीर्ण गरेपछि मात्रै विद्यार्थीले लाइसेन्सको फाराम भर्न पाउँछ, नभए नपाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्