इजरायलमा रहेका नेपालीबारे निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक जारी



काठमाडौँ । इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरूबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक जारी रहेको छ ।

इजरायलको वस्तुस्थितिको समग्र मूल्याङ्कन गरी नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उद्धारसमेत गर्ने निर्णय लिने मन्त्री साउदको सचिवालयले जनाएको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवहरूसहितको बैठकले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरेको थियो ।

सोही बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरूको शव ल्याउन र समस्यामा परेकाहरूलाई उद्धार गर्न पहल सुरु गर्ने निर्णय गरेको थियो । घर फर्किन इच्छुकहरूलाई नेपाल फर्काउने प्रक्रियाका लागि अनलाइन रजिष्ट्रेसन सुरु गर्ने मन्त्रालयले तयारी गरेको छ ।

मन्त्रालयले इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरण सार्वजनिक गर्दै उनीहरूसँग सम्पर्कमा रहन र सजगता अपनाउन इजरायलमा रहेका नेपालीहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्