तनहुँमा डुङ्गेबाट एक बालकको मृत्यु



काठमाडौँ । डुङ्गे सङ्क्रमणबाट तनहुँमा एक जनाको  ज्यान गएको छ । डुङ्गे सङ्क्रमणबाट नगरपालिका(४ शीतलचोकका ६ वर्षीय बालकको मृत्यु भएको हो । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा आज मृत्यु भएको हो ।

६ वर्षीय बालकको मृत्युसँगै व्यास नगरपालिकामा डुङ्गेबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । डुङ्गे सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्