नेपालगन्जमा आगलागी हुँदा सात पसलमा क्षति



काठमाडौँ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत् चुहावट भई आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार सामान अधिकांश जलेर नष्ट भएको छ,आगलागीबाट एक करोडभन्दा बढी क्षति भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले नियन्त्रणमा ल्याउन दुई घण्टा लागेको बताए । आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्