पेट्रोल डिजेलको मुल्य  घट्यो



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य लिटरमा ११ र डिजेलको ५ रुपैयाँले  घटाएको हो । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्