मदन पुरस्कार ओझालाई र जगदम्बा श्री पुरस्कार मुखियालाई अर्पण



काठमाडौँ । २०७९ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार आज सोमबार अर्पण गरिएको छ । ललितपुरमा भएको कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ऐँठनका लेखक विवेक ओझालाई मदन पुरस्कार र टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरिएको हो । मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको राशि चार९चार लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्