मुख्यमन्त्री केदार कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने



काठमाडौँ । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ । शनिवार मुख्यमन्त्री बनेका कार्कीले बुधवार विश्वासको मत लिँदै छन् ।

आज सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको हो ।नेकपा एमालेका ३९ र नेपाली काँग्रेस विद्रोही समूहका ८ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्