भारतद्वारा चामल निर्यात प्रतिबन्ध खुला



काठमाडौँ । भारत सरकारले चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । भारतले विश्वका सात देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको हो । भारतको वाणिज्य विभागले सूचना जारी गर्दै नेपालसहित सात मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो ।

यसअघि भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै बासमती चामलबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । चामलको आयात नहुँदा बजारमा मूल्य बढेको थियो । अब नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्