नेपालले त्रिकोणात्मक टि२०आई सिरिजमा आज हङकङ विरुद्ध पहिले ब्याटिङ गर्ने



काठमाडौँ । नेपालले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा आज हङकङको सामना गर्दै छ । मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले यसअघि सिरिजको दुवै खेलमा पहिलो फिल्डीङ गर्ने निर्णय लिएको थियो ।

नेपालका लागि खेलमा प्रतिस जिसीले डेब्यु गर्दै छन् । त्यस्तै ललित नारायण राजवंशी पनि टोलीमा फर्केका छन् । पछिल्लो खेलबाट अभिनाश बोहोरा र श्याम ढकाललाई विश्राम दिइएको छ ।

आजको खेलमा विजयी भएसँगै नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ । पहिलो खेलमा हङकङमात्रै ९४ रनमा अल आउट भएको थियो । उक्त खेलमा नेपालका करण केसीले चार विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्