भारत र न्यूजील्याण्ड बिचको खेल सुरु



काठमाडौँ । भारतमा जारी आईसीसी विश्व कपमा भारत र न्यूजील्याण्ड बिचको खेल सुरु भएको छ । भारत र न्यु जिल्यान्ड  प्रतियोगितामा अहिलेसम्म लगातार जित निकाल्ने टिम हुन् ।यस खेलमा भारतीय टोलीका कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । भारतले दुई वटा परिवर्तन गरेको छ । हार्दिक पाण्ड्याको स्थानमा सूर्यकुमार यादव र शार्दुल ठाकुरको स्थानमा मोहम्मद शामी आएका छन् ।

न्यूजिल्याण्डको प्लेइङ इलेवन: डेभन कोनवे, विल यंग, ​​रचिन रविन्द्र, डेरिल मिचेल, टम लाथम (कप्तान), ग्लेन फिलिप्स, मार्क च्यापम्यान, मिचेल सान्टनर, म्याट हेनरी, लोकी फर्गुसन, ट्रेन्ट बोल्ट।

भारतको प्लेइङ इलेभेनः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, सूर्यकुमार यादव, रविन्द्र जडेजा, मोहम्मद शामी, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज।

प्रतिक्रिया दिनुहोस्