मैथिली वेब सिरिज ‘नुनरोटी’ रिलिज हुँदै



ऋषु मिश्र ,जनकपुरधाम । पहिलो पटक मैथिली भाषामा निर्माण गरिएको वेब सिरिज ‘नुनरोटी’कार्त्तिक ९ गते आज रिलिज हुने भएको छ । मङ्गलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा निर्मातारनिर्देशक विकाश झाले दिएको जानकारी अनुसार रिलिजको तयारी पुरा भइसकेको छ भने कात्तिक ९ गते बिहीबार भारत बिहारको पटनामा प्रिमियर सो गरिने तयारी रहेको छ ।

युट्युब च्यानल मधुर मैथिली मार्फत रिलिज गरिने वेबसिरिज नुनरोटीमा मैथिली भाषा भाषीकै कलाकारहरूले अभिनय रहेको छ । नून रोटी मैथिली वेब सीरिज बिहार र मिथिलामा व्याप्त बेरोजगारी र पलायनको समस्यालाई उजागर गरेको बताउँदै निर्देशक झाले भने ,‘ मिथिला क्षेत्रमा पर्यटन र व्यावसायिक आत्मनिर्भरताको लागि के के विकल्प हुन सक्छ सो विषयमा योजना र समाधानको प्रयास समेत गर्नेछ भन्ने मेरो विश्वास छ । ’

निर्माता टोलीकी सदस्य एवम् अभिनेत्री रोशनी झाले पहिलो पटक मैथिली भाषामा रिलिज हुन लागेको वेब सिरिज हेरेर हाम्रो उत्साह बढाई दिन आग्रह गरिन् । नून रोटी २७ अक्टूबरदेखि मधुर मैथिली को यूट्यूब चैनलमा हेर्न सकिन र बाँकी एपिसोडको लागि मैथिली युट्युब च्यानलको पेड सब्सक्रिप्सन गरी थोरै खर्चमा हेर्न सकिने जानकारी समेत अभिनेत्री झाले दिइन् ।

मिथिला क्षेत्रमा व्यावसायिक पर्यटनको सम्भावनाहरूको विकास तथा नुन रोटिको सुटिग मिथिलाँचलकै विभिन्न क्षेत्र दरभंगा, मधुबनी, सहरसा, सीतामढ़ी, भागलपुर, पूर्वी चंपारण, और नेपाल में वाल्मीकि आश्रमलगायतको नेपाल र भारतको मिथिलाँचलको विभिन्न क्षेत्रमा सिरिजको प्रोमोशन गरिएकोमा उनले विशेष जोड दिइन् ।

निर्माता लेखक निर्देशक विकास झा र उनकी श्रीमती रौशनी झाले सिरिजमा मुख्य भूमिका निर्वहन गरेका छन् । त्यस्तै छायांकन टीममा आनन्द सोनी, विकास झा र सम्पादन प्रक्रियासमेत निर्देशक झाकै नेतृत्वमा गरिएको उनले प्रस्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्