लियोले ११ दिनमै बनायो कीर्तिमान



काठमाडौँ । साउथ सुपरस्टार विजय  थालापथीको १९ अक्टोबरमा हलमा रिलिज भएको फिल्म लियो अहिले निकै चर्चामा रहेको छ । विजयको यो फिल्मलाई पनि  निकै रुचाइरहेका छन् । उनको एक्शन स्टाइललाई निकै रुचाइरहेका छन् । यही कारण फिल्मले रिलिज भएको ११ दिन मात्रै भएकोमा ११ दिनमै ठुलो रेकर्ड बनाएको छ । यो फिल्मले विश्वभर ५ सय करोड भारु कमाएको छ ।

अक्टोबर २९ मा लियोले विश्वभरबाट २५ करोड भारू कलेक्सन गरेपछि फिल्मको विश्वव्यापी कमाई ५०९ करोड भारु  पुगेको छ । जसमध्ये ३१० करोडको व्यापार भारतमा मात्रै भएको थियो । लियो ५०० करोड भारुको आँकडा पार गर्ने चौथो तमिल फिल्म बनेको छ । यसअघि यो सूचीमा २.० पहिलो, पीएस१ दोस्रो र जेलर तेस्रो स्थानमा थियो ।

लियोलाई लोकेश कनागराजले निर्देशन गरेका हुन् । यस फिल्ममा विजयको साथमा साउथकी चर्चित अभिनेत्री त्रिशा कृष्णन पनि देखिएकी छिन् । सञ्जय दत्त पनि यो फिल्मको एक हिस्सा हुन् । उनी फिल्ममा मुख्य खलनायकको भूमिकामा देखिएका छन् । उनको चरित्र र लुकलाई मानिसहरूले निकै रुचाएका थिए ।

लियो बनाउनका लागि निर्माताहरुले धेरै पैसा खर्च गरेका छन् । रिपोर्टमा यो फिल्मको बजेट २५० देखि ३०० करोड भारु सम्म रहेको बताइएको छ । तर, ११ दिनमा विजयको फिल्मले बजेटभन्दा झन्डै दोब्बर कमाइ गरेको छ र यो क्रम अझै जारी छ ।

प्रतिक्रिया दिनुहोस्