नेपाल ओमानसँग ५ नेपाल रनले पराजित 



काठमाडौँ । विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानसँग ५ नेपाल रनले पराजित भएको हो ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन मात्रै बनाएको हो । अन्तिम ‌ओभरमा नेपाललाई २६ रन चाहिएको थियो ।नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए। रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट भए।

 नेपालका लागि आसिफ शेखले ५ रन मात्र जोड्न सके । गुल्सन झाले ३ रन बनाए ।नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ । ओमान समूह विजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस्