सन्दीप लामिछानेले लिए यूएईको तेस्रो विकेट



काठमाडौँ । नेपालमा जारी टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । पहिले ब्याटिङ गर्न आएको यूएईले तेस्रो विकेट गुमाएको छ ।

यूएईको तेस्रो विकेट नेपालका स्पिनर सन्दीप लामिछानेले लिएका हुन् । उनले यूएईका ब्याट्सम्यान आसिफ खानलाई एलबीडब्लूमा आउट गरेका हुन् । आसिफ खानले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक चौकाको मद्दतले १३ रन बनाएका थिए । उनि आउट हुँदा यूएईले १० ओभरमा ६२ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्