विद्यार्थीलाई जबरजस्ती शौचालयमा लगेर दिसा खुवाएपछि…



काठमाडौँ । केही विद्यार्थीले आफ्ना सहपाठी विद्यार्थीलाई मानव मल खुवाएको भिडियो सेयर गरेका छन् । यो डरलाग्दो घटना चीनको एक माध्यमिक विद्यालयमा भएको छ । भिडियो सार्वजनिक भएपछि मानिसहरूले दोषी विद्यार्थीहरूलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार यो मामिला चीनको फुजियान प्रान्तको लोङ्गयान सहरमा रहेको छियाओयु मध्य विद्यालयसँग सम्बन्धित छ। विद्यालयले पनि यो कुराको पुष्टि गर्दै विद्यालयको शौचालयमा केही विद्यार्थीले दिसा खान बाध्य पारेको बताएको छ ।

आरोपी विद्यार्थीले आफैँले यो घटनाको भिडियो बनाएर इन्टरनेटमा अपलोड गरेका थिए, जुन अहिले भाइरल भएको छ । भाइरल क्लिपको आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

भाइरल भइरहेको भिडियोमा देख्न सकिन्छ कि कसरी केही विद्यार्थीले एक केटालाई शौचालयबाट बाहिर निकालेर मल खान बाध्य पारेका छन् । सुरुमा केटाले त्यसो गर्न अस्वीकार गर्‍यो, किनकि विद्यालयका अन्य विद्यार्थीहरू पनि शौचालयमा थिए। तर उनी बाहिरिने बित्तिकै आरोपी विद्यार्थीहरूले उनलाई फेरि दबाब दिन थाले। यो देखेर विद्यार्थी असहाय बन्छन् । त्यसपछि उसले नचाहे पनि मल खानुपर्छ।

प्रतिक्रिया दिनुहोस्