४८ वर्षको उमेरमा दुई पटक पुरै विश्व घुमेका गुन्नार गार्फर्सलाई सबैभन्दा खतरनाक लाग्ने देश कुन हाे ?



गुन्नार गार्फर्स

काठमाडौँ । भनिन्छ मायामा मान्छेले जुनसुकै हद पार गर्छ र यो माया घुमफिरको । यही शौकको क्रेजमा नर्वेका गुन्नार गार्फर्सले अनौठो काम गरेका छन् । ४८ वर्षको उमेरमा यी व्यक्तिले एक पटक होइन दुई पटक विश्वका १९८ देशको भ्रमण गरेका थिए । अहिले गुन्नारले आफ्नो अनुभव सुनाएका छन् । जसमा उनले त्यो कुन देश हो, जहाँ उनी हरेक पल नर्भस भएको बताए ।

ओस्लोका गुन्नारले यो उपलब्धि एक पटक नभई दुई पटक गरेको विश्वको एक मात्र व्यक्ति भएको दाबी गरेका छन् । डेलीस्टारका अनुसार अहिले उनी अन्टार्कटिका घुम्न निस्किएका छन् । हालै गुन्नरले आफ्नो यात्राको अनुभव सामाजिक सञ्जालमा मानिसहरूसँग साझा गरेका छन्। जसमा उनले सबैभन्दा सुनसान टापुमा कसरी दिन बिताउने र विभिन्न देशमा ब्रेकफास्टको मजा लिने बताए ।

तर, उनको यात्राको क्रममा एउटा यस्तो देश थियो जहाँ गुन्नारलाई हरेक पल डरले सताएको थियो । उनका अनुसार युद्धग्रस्त देशभन्दा उत्तर कोरिया खतरनाक भएको उनको भनाइ छ । गुन्नार भन्छन्, ‘यस देशमा जति दिन बिताए, सधैँ डरले सताइरह्यो । उसलाई सधैँ डर थियो कि उसले कुनै नियम तोड्छ। यो देशमा फसेको अर्थ बाहिर निस्कन लगभग असम्भव भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्