बाँकेमा बोरा गोदाममा आगलागी, ४० लाखको क्षति



काठमाडौँ । बाँकेको नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके टे«डिङको बोरा गोदाममा गए राति आगलागी भएको हो ।

राति करिब १२ बजेतिर लागेको आगो आज बिहानमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । उनका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब रु ४० लाखबराबरको क्षति भएको टे«डिङका सञ्चालक सुरेशकुमार शाहले बताए । उनका अनुसार गोदामभित्र रहेको ५० हजार ठूलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टा बोरा, केही प्लाष्टिक बोरी र काठ जलेर नष्ट भएको छ ।

विद्युत्को बिजुली तार सर्ट भएर आगलागी भएको प्रहरी प्रवक्ता डाँगीले बताए । दुईवटा बारुणयन्त्र, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्