नेपालले आज हङकङको सामना गर्दै 



nepal-honkong

काठमाडौँ । नेपालले चार देशसम्मीलित महिला टि-२० आई सिरिजमा आह हङकङसँग खेल्दै छ । खेल नेपाली समय अनुसार मध्याह्न ११ :४५ म सुरु हुनेछ । नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। उता घरेलु टोली हङकङले जापानलाई ९ विकेटले हराएको थियो । फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।

तान्जानियाले दिएको १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अल आउट भएको थियो । नेपालको लागि सीता रानामगरले ३१ बलमा ४ छक्कासहित सर्वाधिक ४३ रन बनाएकी थिइन । अन्य कुनै पनि ब्याटरले राम्रो गर्न सकेका थिएनन् ।

रुविना र सम्झनाले खाता खोल्न सकेका थिएनन् । कप्तान इन्दु बर्मा, सीता र रुविना टोलीका प्रमुख खेलाडी हुन् । यी तीन खेलाडीले जिम्मेवारी लिदै ठुलो इनिङ खेल्न आवश्यक देखिन्छ । आजको पहिलो खेलमा तान्जानियाले जापानसँग खेलेको छ । नेपालले अन्तिम खेल शनिवार जापानसँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्