हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० शृङ्खला : जापानमाथि नेपालको जीत



जापानमाथि नेपालको  जीत

काठमाडौँ । हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले जापानलाई ६७ रनले हराएको छ । नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा जापान निर्धारित २० ओभरमा ओभरमा सबै विकेट गुमाएर ४६ रनमा समेटिएको हो ।

नेपालका लागि अस्मिना कर्माचार्यले ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिइन् भने सङ्गीता राईले ३ तथा पूजा महतोले २ विकेट लिइन् । जापानका लागि मेग ओगावाले सर्वाधिक १७ रन तथा सेइका सुमीले १३ रन बनाइन् ।

यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा शनिवार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो । नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन्। त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन्। उनले ३२ बलमा ५ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन जोडिन्। ओपनर पूजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन्।

बलिङतर्फ जापानकी एलिना कुसुदा क्विनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक९एक विकेट लिए। लिगको सुरुवाती दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। तान्जानिया र हङकङले उपाधिका लागि खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्