नेपालले आज यमनविरुद्ध खेल्दै, घरेलु मैदानको फाइदा उठाउने दाउमा



फिफा विश्वकप

काठमाडौँ । एसियाली विश्वकप छनोट दोस्रो चरणको समूह ‘एच’ को खेलमा नेपालले आज मङ्गलवार यमनको सामना गर्ने भएको छ । खेल दशरथ रङ्गशालामा हुँदै छ ।

नेपालले आफ्नो घरेलु मैदानका रूपमा यमनविरुद्ध दशरथ रङ्गशालामा खेल्न लागेको यो पहिलोपल्ट हो । नेपालका लागि यमन यस्तो प्रतिद्वन्द्वी हो, जसकाविरुद्ध नेपालको अहिलेसम्मको यात्रा जितहीन रहेको छ । नेपालका लागि यमन दोहोर्‍याएर सामना गरिरहनु पर्ने टिम भने होइन ।

नेपालले अहिलेसम्म चारपल्ट यमनको सामना गरेको छ । यी खेलमा नेपालको सबैभन्दा ठुलो उपलब्धि भन्नु नै बराबरी रहेको छ । त्यस अर्थमा नेपालसामु ऐतिहासिक अवसर छ  यमनलाई आफ्नो घरेलु मैदानमा पहिलोपल्ट हराउने ।

प्रतिक्रिया दिनुहोस्