बिहानैदेखि दारुको भट्टीमा भँगहा नगरपालिका मेयर 



डम्मर धामी,काठमाडौँ । सामान्य व्यक्तिको भन्दा सामाजिक व्यक्तिको व्यवहार आचरण विशेषे चासोको रूपमा हेरिन्छ । उनीहरूको व्यवहारको पनि अनुसरण गर्छन् । महोत्तरी जिल्लाका भँगहा नगरपालिका मेयरको व्यवहार भने सामान्य नेपाली समाजमा अपाच्य छ । आज मङ्सिर १३ गते बिहान देखी जनकपुरको भरम्पुरा चोकमा रहेको भँगहा नगरपालिका मेयर सन्जीप शाह बिहानैदेखि मद्यपान पिइ रहेका थिए ।

उनलाई खुल्ला ठाउँमा बिहानैदेखि मद्यपान पिइरहेको देख्दा सो सम्बन्धमा बुझ्दा उनले उल्टै धम्काउने कार्य गरे । मेयरले सामान्य त: जनताको सेवामा लाग्ने हो । उनले नगरपालिकाको लागि आवश्यक नीति कानुन र नगरपालिका भित्र वसोवाँस गर्नेहरूको सहजताका लागि काम गर्ने कार्य हो । तर उनको व्यवहारलाई देख्दा लाग्छ उनी मेयर अयस आराम गर्नेको लागि भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्