काँग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु



काठमाडौँ । नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिनसम्म चल्ने प्रदेश सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।

आइतबारसम्म चल्ने सम्मेलनमा सभापति देउवा,वरिष्ठ नेता डा। शेखर कोइराला,महामन्त्री गगनकुमार थापा,विश्वप्रकाश शर्मा,सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य  लगायतका नेताहरू र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सहित ६ वटै प्रदेशका सभापतिहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा प्रदेशका ७ सय ५० बढी प्रतिनिधिहरूको सहभागिता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्