बारामा प्रहरीको गोली लागेर युवकको मृत्यु



काठमाडौँ । बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबिच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर घाइते भएकी अन्दाजी २४र२५ वर्षका लक्ष्मी मुखियाको वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्