पेट्रोल र डिजेलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो



काठमाडौँ ।  नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रवार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।

निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मङ्सिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ ।

प्रतिक्रिया दिनुहोस्