विद्युत् सबस्टेसनको उद्घाटन गर्न प्रधानमन्त्री सुनसरी जाँदै 



prachand

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुनसरी जाने भएका छन् ।नेपाल विद्युत् प्राधिकरण इनरुवा सुनसरीको विद्युत् सबस्टेसनको समुद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सुनसरी जान लागेका हुन् ।

भोक्राहा नरसिंह गाउँपालिका–४ मा शुक्रबार बिहान १०ः४० बजे हुने विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले इनरुवा सबस्टेसन ४००, २२०, १३२, ३३ केभी सबस्टेसनको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सहभागी हुन ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्री तथा नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका अध्यक्ष शक्ति बहादुर बस्नेत, कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की, सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद ज्ञानेद्र बहादुर कार्की र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लागयतको सहभागिता रहने छ ।

आजै प्रधानमन्त्री प्रचण्डले मिक्लाजुङ मोरङमा रहेको स्थानीय योजनाहरूको अनुगमन गर्ने कार्यक्रम र मोरङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित औद्योगिक महोत्सवमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्