रास्वपा सभापति रविमाथि खोया प्रहार, के हो कारण ?



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पोखरामा आक्रमणको प्रयास भएको छ । पोखराको अमरसिंह चोकमा आयोजित सभामा सभापति लामिछानेले सम्बोधन गर्ने क्रममा शनिवार लमजुङ स्थायी घर भएर पोखरामा बस्ने सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन् ।

उनले प्रहार गरेको खोया मञ्चमा पुगेको थियो । रानाभाटलाई वडा प्रहरी कार्यालय राम बजारको प्रहरी टोलीले पक्राउ गरेको छ ।कार्यालयका प्रहरी निरीक्षक विनोद श्रेष्ठले रानाभाटलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिए ।

सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका हुन् । रानाभाट सूर्य दर्शन सहकारीका बचतकर्ता हुन् ।

सूर्य दर्शन सहकारीका सञ्चालक जितेन्द्र (जेबी) राई बचतकर्ताको रकम हिनामिना गरेको आरोपपछि फरार छन् । राईले सहकारीबाट ऋण लिएर ग्यालेक्सी फोर के टेलिभिजन खोलेका र सहकारीबाट लामिछानेले समेत ऋण लिएर ग्यालेक्सीमा संस्थापक शेयर लगानी गरेको आरोपमा उनी आक्रोशमा थिए । रानाभाटले लामिछानेले समेत सहकारीको पैसा दुरुपयोग गरेको आरोप लगाउँदै आक्रोश पोखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्