सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ 



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदै छ। पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको थियो । लामिछानेविरुद्ध २०७९ साल कात्तिक १४ गते नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो ।

पछिल्लो पटक गत मङ्सिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा तोकिएको पेसी कानुन व्यवसायीहरूको चितवनमा कार्यक्रम रहेको भन्दै सन्दीप पक्षका वकिलहरूले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्