माइतीघर मण्डलबाट सिके राउत पक्राउ



काठमाडौँ । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित मानिस पक्राउ परेका छन् ।ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको हो । अहिले उनीहरूलाई पुलिस क्लबमा राखिएको छ । माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्