त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्द



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वानको सूचना रद्द भएको छ । नाम सिफारिसका लागि बनेको छनोट तथा सिफारिस समितिको पुस २१ गते बसेको बैठकले सूचना रद्द गरिएको जनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अन्य सरोकारवारावालाले यसअघि जारी सूचनामा असहमति जारी गरेपछि विरोध रहँदै आएको थियो। प्रधानमन्त्रीको ठाडो आदेशमा उक्त सूचना रद्द गरिएको हो । पहिलो पटक विश्वविद्यालयले खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति चयन गर्दै छ। अब अर्को सूचना प्रकाशन भएपछि मात्रै प्रक्रिया अगाडि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्