रास्वपाले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले ३ माघमा केन्द्रीय समितिको बैठक बोलाइएको हो ।  आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्य प्रगति विवरण लगायतका विषयमा छलफल हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए । बैठकमा विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ ।

रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरेको छ । पदयात्रा गरिने आयोजना र त्यसका लागि खटिने केन्द्रीय नेताको चयन भने केन्द्रीय समितिको बैठकले निर्णय लिने भएको छ ।

पदयात्रामा कहाँ को नेता जाने बारे छलफल पार्टीभित्र चलिरहेको छ । त्यसको औपचारिकता केन्द्रीय समिति बैठकबाट गरिने भएको छ । रास्वपा विधान अनुसार हरेक ५ दिनमा केन्द्रीय समिति बैठक बोलाउनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्