एमाले केन्द्रीय कमिटीमा मनोनीत ६ सदस्यले लिए शपथ



काठमाडौँ । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यमा मनोनीत ६ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आज मङ्गलवार नयाँ केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

एमाले केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटी अधिवेशनअघि अध्यक्षको जिम्मेवारीमा रहेका र १ जना जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । मनोनीत हुनेमा कोशी प्रदेशका पूर्व अध्यक्ष तुलसी न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, कर्णालीका बिनोद शाह र सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी छन् ।

झापा अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको छ । एमाले केन्द्रीय कार्यालयमा आज उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्