नेपाली काँग्रेसको ‘संवाद यात्रा’ झापाबाट सुरु



काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आज (१३ माघ)देखि झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् । महामन्त्री थापाले आज शनिवार बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा थालेका हुन् ।

समुदायमा काँग्रेस अभियानअन्तर्गत यात्रा कार्यक्रममा काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतको सहभागी रहेको थियो । पार्टीका कार्यकर्ता र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा सुरु गरेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ ।

काँग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी १३ देखि २६ माघसम्म ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्दै छ । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्