विमानस्थलमा अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई कारबाहीका लागि अल्टिमेटम



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका कर्मचारी कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीका लागि पाँच कर्मचारी संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्टिमेटम दिने भएका छन्।

आज बिहान बसेको पाँच कर्मचारी संगठनको संयुक्त बैठकले आजै गृहमन्त्री श्रेष्ठलाई कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न ३ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो । घटनाबारे छलफल गर्न आइतबार बिहान नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यालय, बबरहलमा बसेको बैठकमा सबै दलनिकट संगठनका पदाधिकारी सहभागी थिए।

गत शुक्रबार दिउँसो १२ बजेतिर विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतलाई कुटपिट गरेको घटना बाहिरिएको थियो। प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानलाई कुटपिट गरेको र अध्यागमन प्रमुख गोगनकुमार हमालमाथि समेत दुर्व्यवहार गरेको अध्यागमन कार्यालयले जनाएको छड्युटीबाट फर्कन लागेका कर्मचारीमाथि प्रहरीले खानतलासी लिन लागेपछि विवाद सुरु भएको थियो ।

कर्मचारीले आफूहरूमाथि किन खानतालासी गर्न लागेको भन्दै प्रहरीलाई असहयोग गरेका थिए । त्यही क्रममा प्रहरीमाथि गाली गलौज भएको र विवाद बढेपछि हानाहान भएको थियो । सिसिटिभी भिडियोमा पनि दुवै पक्षबाट हानाहान भएको देखिएको छ ।  । प्रहरीले भने सुरुमा अध्यागमन कर्मचारीले हात हालेको दाबी गरेको छ । घटनाको विषयमा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्