ठुला सहकारी अनुगमन गर्न राष्ट्र बैङ्कको अस्वीकार



काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ठुला सहकारी अनुगमन निरीक्षण र लेखा जाँच गर्न अस्वीकार गरेको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ९ ठुला कारोबार भएका सहकारी संस्था अनुगमन निरीक्षण तथा लेखा जाँचका लागि राष्ट्र बैङ्कलाई अनुरोध गरेको थियो ।

तर, राष्ट्र बैङ्कले सहकारी संस्था अनुगमन निरीक्षण तथा लेखा जाँच गर्न अस्वीकार गर्दै आवश्यक परे विज्ञ जनशक्ति उपलब्ध गराउने सकिने सुझावसहितको जवाफ सहकारी मन्त्रालयलाई पठाएको छ । गत साता मन्त्रालयको अनुरोध पत्रको जवाफ दिँदै राष्ट्र बैङ्कले सहकारी विभागमा अनुगमन निरीक्षण टिम बनाउन र त्यसमा आवश्यक विज्ञका रूपमा सहयोग गर्ने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्