अधिकृत कुट्ने प्रहरीलाई विमानस्थलबाट हटाइयो



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका कर्मचारी कुटपिटमा संलग्न प्रहरीलाई त्यहाँबाट हटाइएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्न आएका कर्मचारी सङ्गठनका नेताहरूलाई ती प्रहरीलाई त्यहाँबाट हटाएको जानकारी दिएका हुन्।

विमानस्थल अध्यागमनका कर्मचारी कुटाकुटमा संलग्न प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी गृहमन्त्रीलाई उनीहरूले दिएका छन् । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाली काङ्ग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल र नेपाल मधेसी निजामती कर्मचारी मन्चले श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै उक्त चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्