अध्ययनरत जेहनदार तथा विपन्न छात्रछात्रालाई सहयोग



काठमाडौँ । दोलखाको शैलुङ्ग गाउँपालिका ८ स्थित शारदा माध्यमिक विद्यालय शैलुङ्गमा अध्ययनरत २ जना जेहेन्दार र ५ जना विपन्न छात्रछात्राहरूलाई करीव १ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग गरिएको छ ।

आइतबार चाईनिज किचेनका सञ्चालक एवं वरिष्ठ समाजसेवी शिवलाल लामा (साङयो योन्जन)को प्रमुख आतिथ्यतामा सामाजसेवी तथा व्यवासायीहरुबाट उपलब्ध भएको सामाग्री उक्त विद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङलाई हस्तान्तरण गरिएको हो । जेहेन्दार तथा विपन्न छात्रछात्राहरूलाई अध्ययन र अध्यपन कार्यमा कुनै पनि बाधा अर्चना तथा असहजता नओस भन्ने पवित्र मनसायले उपलब्ध गराइएको सो सामाग्रीमा खाद्यान्न, भाडा वर्तन लगायत अन्य अत्यावश्यक सामानहरू सहयोग गरिएको हो ।

लामाले वरिष्ठ समाजसेवी तथा व्यवसायीहरूले अभिभावकत्व ग्रहण गरी करिब ३ वर्ष अवधिका लागि जेहेन्दार तथा विपन्न छात्रछात्राहरूलाई आवश्यक पर्ने खाद्यान्न लगायत अत्यावश्यक सामान निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । हाललाई भने तीन महिना अवधिका लागि खाद्यान्न उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्