३६ लाख भन्दा बढी मूल्यको कस्मेटिक सामान र जुत्ता बरामद



कस्मेटिक सामान र जुत्ता बरामद

काठमाडौँ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १६ स्थित भुटनदेवी मन्दिर नजिकैबाट सशस्त्र प्रहरीले करिब ३६ लाख ४० हजार रुपैयाँ बराबरको चोरी पैठारीको कस्मेटिक सामान र जुत्ता बरामद गरेको छ ।

भारतबाट अवैध रूपले साइकलहरूमा राखी ल्याउँदै गरेको कस्मेटिक सामान र जुत्ता प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्तिहरू भने फरार रहेका छन् । बरामद सामान वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ । प्रहरीले सामान माघ १६ गते बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्