जनकपुरधाममा दुई जना सुनचाँदी व्यवसायी पक्राउ, व्यापारीहरू आन्दोलित



सुनचाँदी व्यवसायी पक्राउ

काठमाडौँ । राजस्व छली गरेको आरोपमा जनकपुरधामबाट दुई जना सुन चाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि  तनावको अवस्था सिर्जना भएको छ । प्रहरीले बलराम ज्वेलर्सका सञ्चालक बलराम शाह र अरुण ज्वेलर्सका सञ्चालक अरुण शाहलाई पक्राउ गरेको हो  ।

उनीहरुमाथि राजस्व छलीको आरोप लागेको छ। पक्राउ परेका दुवै सुन चाँदी व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धानको लागि राजस्व कार्यालय पथलैया पठाएको छ।दुई जना व्यवसायी पक्राउपछि सम्पूर्ण सुनचाँदी व्यवसायीहरूले आ आफ्नो पसल बन्द गरी टायर बालेर प्रदर्शनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्