आयोजनाको अवस्था बेहाल छ : गगन थापा



गगन थापा

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले साना तथा ठुला सबै पूर्वाधारको अवस्था बेहाल रहेको बताएका छन् । आज बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले आफूले गरेको संवाद यात्राको क्रममा पूर्वाधारको अवस्था बेहाल पाएको जानकारी गराएका हुन् ।  उनले भने,  ‘चाहे झापाको कन्काइ पुल होस्, चाहे मोरङको रतुवामाई पुल होस्, धनुषाको कमला पुल होस् । बाटोमा परेका ठुला आयोजना हुन् वा साना साना आयोजना हुन् । सबै आयोजनाको बेहाल छ ।’

सडक निर्माण समयमा हुन नसक्नु, रुख काट्न नपाएर र सरकारले भुक्तानी नदिएर आयोजना बेहाल भएको सुनेको पनि थापाले बताए । उनले भने,  ‘यो कुरा गर्दै गर्दा एक अर्काले सजिलैसँग आरोप लगाउँछौँ । अलि गहिरिएर हेर्‍यौँ भने सबै सरकारमा बसेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्