गौर अस्पतालको ईमरजेन्शी कक्षमा पुगेका मन्त्री सिंह रिसाएर फायर



अनिल यादव/रौतहट । शनिबार पौने १२ बजे झन्डा सहितको गाडी रौतहटको गौर अस्पतालको परिसरमा आइपुग्यो। अस्पताल अगाडि अस्पताल व्यवस्थापन समितिको अध्यक्ष, अस्पतालका निमित्त  मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर सहित विभिन्न कर्मचारी माला खादा लिएर उभिएका थिए।

अस्पतालमा शनिवार रक्त सञ्चार केन्द्र (ब्ल्ड बैङ्क )र फोहोर मैला ब्यस्थापन केन्द्रको उद्घाटन कार्यक्रम राखिएको थियो। कार्यक्रमको उद्घाटन गर्न मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह आएका थिए ।

मन्त्री सिंह गाडिबाट ओलर्ने बितिकै उनलाई  माला खादाले स्वागत गर्नेको लर्को लाग्यो ।मन्त्रीले पहिला काम हेरौँ,माला र खादा पछि ग्रहण गरौला भन्दै  थिए । गौर अस्पताल धेरै दिनको राजनीति खिचातानीले मेडिकल सुपरिटेन्डेन्ट विहीन थियो।

केही दिन अगाडि नै मन्त्री सिंहले विभिन्न राजनीति चुनौती चिर्दै निमित्तको रूपमा डा। मुरारी ठाकुरलाई पठाएका रहेछन् । डा. ठाकुरको आवागमन भए पछि अस्पतालमा रक्त सञ्चार केन्द्र र फोहोर मैला व्यवस्थापन केन्द्र स्थापना गरिएको रहेछ ।

मन्त्रीले सुरु मै रक्त सञ्चार केन्द्रको उद्घाटन गरे र त्यहाँ देखिएको कमीकमजोरी सहित भौतिक संरचनालाई थप सुधारको निर्देशन पनि दिए। अब पालो फोहोर मैला व्यवस्थापन केन्द्रको उदघाट गर्ने तर मन्त्री सिंह अचानक ईमरजेन्सि वाड तर्फ लागे ।

त्यहाँ पुग्दा मन्त्री सिंहले गौर अस्पतालको वास्तविकतालाई उजागर गर्ने एक दृश्य देखेपछि झन्नक झन्न्किए। बिना ड्रेस एक पाका उमेर भएका कर्मचारी हातमा सिरिन्ज लिएर कुनै बिरामीलाई सिरिन्ज लगाउने दिने तरखरमा थिए।

मन्त्रीले उनलाई रोक्दै सोधे।तपाई को हो ? कर्मचारीले जवाफ दिए ( म पिउन-कार्यालय सहयोगी) हो हजुर।अनि मन्त्री सिंहले अहिले डिउटिमा को छ? भन्नु भो ।

अलि वरबाट एक जना कर्मचारीले एक छिन अलमलमा परेर म हो हजुर भनेर मन्त्रीलाई जवाफ फर्काए । उनले लगतै फेरी मैले दबाई मात्रै मिलाउन मात्रै भनेको भनेर ढाटे तर कर्मचारीले बोलेको झुठो मन्त्रीले सजिलै थाह पाए।

गौर अस्पतालमा कार्यालय सहयोगीलाई डिउटीमा राखेर कामै नगरी तलब खाने र जनताको स्वास्थ्य सङ्ग खेलबाड गर्ने काम धेरै समय देखि सुन्दै आएको तर आफ्नै आँखाले हेरियो भन्दै मन्त्रीले भने- ‘यस्तो पनि लापरबाही हुन्छ रु कार्यालय सहयोगीको काम सिरिन्ज दिने हो भने डाक्टर केका लागि ?’

सँगै थिए अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमी र मेसिकल सुपरिटेन्डेन्ट डा .मुरारी ठाकुर ।यतिका कर्मचारी हुँदा-हुदै कार्यालय सहयोगीले बिरामीलाई सिरिन्ज किन दिएको भनेर भन्दै अध्यक्ष हासमी र डा. मुरारीलाई सोधेँ ।

उनीहरू एक- छिन जवाफ विहीन बने ।मन्त्रीले तपाईँहरू माथि कारबाही किन नगर्ने रुभनेर प्रश्न गरे । पछि एक चोटिको लागि छाडिएको छ तर आउने दिनमा यस्तो दृश्य देखे त्यसको परिणाम नराम्रो हुने भन्दै मन्त्री सिंहले चेतावनी दिए।

अनुभव छ भन्दैमा कार्यालय सहयोगीले जे -मन छ त्यो गर्ने हो रुजनताको स्वास्थ्य सङ्ग खेलबाड गर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री सिंह अर्को फोहोर मैला व्यवस्थापन शाखाको उद्घाटन गर्न हिँडे।

उद्घाटन पछि मन्त्री सिंह अस्पताल परिसर निरीक्षण गर्न हिँडेका थिए। अस्पताल परिसर निरीक्षण पश्चात् आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले रौतहटको गौर अस्पतालमा देखिएको विसङ्गति ,विकृति र लापरबाहीलाई अविलम्ब सुधार गर्न निर्देशन दिएका छन् ।

मन्त्री सिंहले गौर अस्पतालको सेवा सुविधालाई प्रभावकारी बनाउन अस्पताल व्यवस्थापन समिति ,मेडिकल सुपरिटेन्डेन्ट लगायत कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री सिंहले जुन सुकै कर्मचारी ,जति सुकै ठुलो र पावर फुल घर परिवारको भए पनि पावर र शक्तिको धाक लगाउँदै अस्पतालमा राजनीति गर्ने ,मनोमानी गर्ने ,काम गर्दै नगर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

मन्त्री सिंहले जुन कामको लागि नेपाल सरकारले तलब दिई खटाएको छ ,त्यसको परिधि भित्र रही अनुशासन पालना गर्दै जनताको सेवामा लाग्न आनाकानी गर्न कसैलाई छुट नभएको चेतावनी दिएका छन् ।

गौर अस्पतालको पुरानो कर्मचारीको सरुवा हुँदा पनि आतिने ,गौर मै बस्छु भन्ने ,अरु ठाउँमा जान्न भनेर अदालतमा मुद्दा दिने ,अदालतमा किन जाने रुकाम गर्ने जहाँ गएर पनि काम गरे भै गो नी गौर मै बस्न के -को लोभ रुकाम नगर्ने एक जनाको सरुवा गरिए त्यो मान्छे मेरो हो भनेर ३० जना नेताले तनाव दिने,अनि त्यहि नेताले गौर अस्पताल खतम छ भन्ने यो कस्तो खेल होलारु जबकी जहाँ खटेनी तलब त्यति नै पाउने हो,काम त्यति कै गर्नु पर्ने हो कसैले बुझेन ।यस्तो परिपाटी रहे सम्म गौर अस्पतालमा सुधार कसरी आउने होलारुरु भन्दै मन्त्री सिंहले भने नेताहरु कै कारण गौर अस्पतालको अवस्थामा सुधार नआएको स्वीकारेका छन् ।

म अलिकति फरक ढङ्गले गौर अस्पताल चलेको हेर्न चाहन्छु तर गठबन्धन सरकारका कारण चाहेको गतिमा काम गर्न नसके पनि अलि ढिलो भए पनि गौर अस्पतालमा देखिएको बेथिति अन्त्य गरेर छाड्ने मन्त्री सिंहले प्रतिबद्धता व्यक्त गरे।

गौर अस्पतालमा आएको बिरामीलाई विभिन्न बहानामा अस्पताल कर्मचारी कै निर्देशनमा कमिसनको चक्करमा दलाल मार्फत निजी झोले क्लिनिकमा पठाउने गुनासो ,निजी ल्याबमा पठाउने ,निस् शुल्क पाउने औषधि दिन आनाकानी गर्ने जस्ता गुनासो सुन्दै छु जुन दिन प्रमाण फेला पर्छ माला लगाएर सम्मान सहित बिदा गर्ने चेतावनी दिए ।

उनले अस्पतालमा ब्यबस्थापकको काम के हो? मेडिकल सुपरिटेन्डेन्टको काम के हो ?बिरामी किन बाहिर जादैछ्न ,अस्पतालमा साच्चै कमि कमजोरी छ कि कमिसनको खेल मौलाएको छ कसरी सुधार हुन्छ ? भन्दै सबैले आ-आफ्नो लक्ष्य र जिम्मेवारी प्रति गम्भीर भई अस्पतालको सेवा सुधारको लागि अहोरात्र खट्न निर्देशन दिए ।

मन्त्री सिंहले कर्मचारीको तह अनुसार तलब दिनुस् ,जसले जति मेहनत गरेको छ त्यति नै ओभर टाइमको भता दिनुस् ,सबै ईन्चार्जलाई एक ठाउँमा राखी कमिटी बनाई ओटिपि बितरण गर्नुस् ,एकलौटी नगर्नुस ,कर्मचारीको ड्रेसको ब्यस्था गर्नुस,चौबीसै घण्टा ल्याब र एक्सरेको ब्यस्था गर्नुस ,गरिब निमुखाको उपचार प्रति गम्भीर हुनुस ,निस् शुल्क औषधि दिनुस् ,लापरबाही कर्मचारीको विवरण बनाई कारबाहिको सिफारिस गर्नुस सकिएन भने मन्त्रालयलाई जानकारी गराउनुस ,खुट्टा नकमाई अगाडि बढनुस मन्त्रालय तपाईँहरूको छ सहयोगको लागि अहोरात्र खट्ने बाचा गरेका छन् ।

मन्त्री सिंहले कर्मचारी अभावका कारण अहिले केही लापरबाही कर्मचारीले नचाहेर पनि छुट पाएका छन् तर मन्त्रालयले थप जनशक्तिका लागि आवेदन आव्हान गरिसकेकाले त्यस्ता कर्मचारीले आफ्नो व्यवहार नसुधारे केही दिन मै कारबाही भोग्नु पर्ने बताए ।

उाले भएका र आउने जनशक्तिलाई बस्न आवास भवन निर्माणका प्रक्रिया थाल्न निर्देशन समेत दिए । भनसुनको भरमा पावरको भरमा काम नगरी खाने प्रबितृको कारण अस्पतालको अवस्था जर्जर बन्दै गएको बताउँदै मन्त्री सिंहले हाजिर गर्ने र काम नगर्ने कर्मचारीलाई ठाउँको-ठाउँ कारबाही गर्न अस्पताल व्यवस्थापन समितिलाई निर्देशन दिए।

८ जिल्ला कै अस्पतालमा देखिएको लापरबाही र बेतिथि अन्त्यका लागि अत्याधुनिक मेसिनहरू मन्त्रालय मै जडान गरी मोनेटरिङ्ग गर्ने तरखरमा छौ त्यो पनि छिटै पुरा हुने विश्वास व्यक्त गरे ।

अस्पताल व्यवस्थापन समितिको अध्यक्ष अनवर हासमीको अध्यक्षतामा समपन्न कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.श्रवन कुमार मिश्र ,गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुर लगायत अस्पताल कर्मचारी ,सन्चारकर्मि र स्थानीयको बाक्लो उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस्