राजेन्द्र महतोले काठमाडौँमा प्रदर्शन गर्ने



राजेन्द्र महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवाद पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् ।  महतोले लोसपाबाट विद्रोह गरी छुट्टै आन्दोलनको तयारी थालेका हुन् ।

२०६५ फागुन १६ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको आठ बुँदे सम्झौता भएको थियो । सो सम्झौताका थुप्रै मागहरू पुरा नभएको कारण त्यसबारे सरकारलाई ध्यानाकर्षण गराउन लागि प्रदर्शन गर्न लागिएको जनाइएको छ ।

फागुन १६ गते सम्झौता स्मरण गराउनका लागि प्रदर्शन गर्न लागिएको हो ।  महतो अन्तरक्रियाका लागि अहिले मधेसमा छन् । उनले पर्सादेखि झापासम्म अन्तरक्रिया यात्रालाई जारी राख्नेछन् । झापासम्मको यात्रा पुरा गरेर काठमाडौँमा फागुन १६ गते प्रदर्शन गर्ने बताइएको छ । छ

प्रतिक्रिया दिनुहोस्