काँग्रेसले धोका दियो, गठबन्धनबारे सोच्ने ठाउँमा पुर्‍यायो : प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली काँग्रेसले धोका दिएको बताएका छन् ।सोमबार पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा उनले काँग्रेसले धोका दिएको  बताएका हुन् ।

प्रचण्डले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसले दिएको धोकाको विषयमा गम्भीर छलफल भइरहेको जानकारी समेत बैठकलाई गराएका जनाइएको छ । कोशीमा सत्ता गठबन्धनबीच माओवादी केन्द्रलाई मुख्यमन्त्री पद दिने सहमति भएको थियो । तर मुख्यमन्त्रीमा दाबी पेश गर्ने दिन काँग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले एमालेको समर्थनमा बहुमत जुटाएर आफैँ दाबी पेश गरे । त्यसपछि माओवादीले पनि उनै कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्