सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्दैन : माधव नेपाल



काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न नसकिने बताएका छन्। ​

सोमवार नेकपा एकीकृत समाजवादी मेधश प्रदेश कमिटी बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै नेपालले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताए। उनले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरूको एकतालाई बलियो बनाइएको बताए।

उनले वर्तमान गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबीसमेत गरे। उनले गठबन्धनको अहिले कुनै विकल्प नरहेको जिकिर गर्दै अध्यक्ष नेपालले लोकतन्त्र, सङ्घीयता, संविधानका पक्षपोषकहरु एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्