दुर्गा प्रसाईँलाई र राजेन्द्र लिङ्देनको समर्थन



दुर्गा प्रसाईँलाई र राजेन्द्र

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनलाई राप्रपाले नैतिक समर्थन गरेको छ । प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले आज भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेताहरूले नैतिक समर्चन गरेका हुन् ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रसाईँको कार्यक्रममा पार्टीका नेताहरू संस्थागत रूपमा नभइ , व्यक्तिगत रूपमा सहभागी हुनेछन् । सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंबीच सहकार्य गर्ने सहमति भएको जानकारी उनले दिए।

प्रसाईँसँग सहकार्यको गृहकार्य गर्न राप्रपाले डा। धवलशम्शेर राणा र हेमजंग गुरुङको वार्ता समिति बनाइएको छ । यसभन्दा अघि मङ्सिर ७ गते गरेको प्रसाईं नेतृत्वको कार्यक्रमलाई भने राप्रपाले साथ दिएको थिएन । त्यस बेला अध्यक्ष लिङ्देनले दुर्गा प्रसाईँको आलोचना पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्