एमालेमा फर्किए एकीकृत समाजवादीका दुई नेता 



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका दुई नेताले पार्टी परित्याग गरेका छन् । उनीहरू पार्टी परित्याग गरी एमालेमा फर्किएका हुन् । पोलिटब्युरो सदस्य तथा गण्डकी अञ्चल सचिव पिएल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ एकीकृत समाजवादी परित्याग गरी नेकपा एमालेमै फकिएका हुन् ।

उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मङ्गलवार पार्टी कार्यालय च्यासलमा स्वागत गरे । पिएल एमाले विभाजनअघि एमालेको पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए भने शंकरलाल राष्ट्रिय युवासंघमा आबद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्