एमालेको सचिवालय बैठक बस्दै



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा  बस्न लागेको हो ।

केन्द्रीय कमिटी बैठक बोलाउने र समसामयिक राजनीतिक विषयमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचन, सरकारको कामकारबाहीबारे पनि समीक्षा हुने जनाइएको छ ।

एमालेले यही फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्